सदनमा जारी अवराेध हटाउन प्रधानमन्त्री कांग्रेससँग छलफल गर्दै

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई छलफलका लागि बोलाएका छन्। संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग बेलुका ६ बजे छलफल गर्ने भएका हुन्। 

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। कांग्रेसले संसदीय छानबिन समिति गठन नहुँदासम्म संसदमा जारी अवरोध कायम रहने अडान लिँदै आएको छ। 

यही विवादबीच बिहीबार प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेलसमेत भएको थियो। 
 

सुझावित समाचार