दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेर घाटतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्। मेलुङ गाउँपालिका- ३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परी १४ जना घाइते भएका हुन्।
मेलुङबाट तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडकखण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक हरिबहादुर कार्कीसहित सबै मलामी घाइते भएका हुन्। स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि चरिकोट ल्याइसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। सबै घाइतेहरूको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।