भारतीय आन्तरिक जलमार्ग पारवहन उपयोगको पहल गर्ने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले अन्तर्राष्ट्रिय व्यापारका लागि भारतीय आन्तरिक जलमार्गको उपयोग गर्ने नीति लिने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै भारतीय आन्तरिक जलमार्गमा नेपाललाई जोड्ने घोषणा गरेका हुन्। 

‘भारतीय आन्तरिक जलमार्गको उपयोग गरी व्यापार लागत कम गर्न पहल गरिनेछ,’ उनले भने। 

त्यस्तै, दोधारा–चाँदीनी सुक्खा बन्दरगाह निर्माणलाई तीव्रता दिने, एकीकृत जाँचचौकीका पूर्वाधार विकास र विस्तार गरिने सरकारको नीति तथा कार्यक्रम छ।

सुझावित समाचार