केही व्यक्ति पार्टीमा अन्तरविरोध पैदा गरेर शक्ति आर्जनमा लागेका छन् : अध्यक्ष नेपाल

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादवलाई सरकारबाट जबर्जस्ती निकालिएको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यादवलाई सरकारबाट जबर्जस्ती निकालिएको बताए। समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक जसपा नेपाललाई षड्यन्त्रपूर्वक फुटाइएको भन्दै उनले असन्तुष्टि  व्यक्त गरे।

‘निर्वाचनपछिको यो संसद्को अवधिभर सँगसँगै जाला भनेको, समाजवादी मोर्चाको एउटा महत्त्वपूर्ण घटक जनता समाजवादी पार्टीलाई विभाजित गरियो। विभाजित मात्रै होइन, सरकारबाट पनि निकालियो,’ उनले भने, ‘आफैँ राजीनामा दिएर अलग भए भन्ने लाग्ला। होइन, गलहत्याएर निकालिदिए।’

अध्यक्ष नेपालले केही शक्तिहरू अन्तरविरोध पैदा गरेर र लोभ देखाएर पार्टी फुटाउन षड्यन्त्र गरिरहेको दाबी गर्दै नेता कार्यकर्तालाई सचेत रहन आग्रह गरे।

उनले भने, ‘कतिपय शक्तिहरू अत्यन्तै षड्यन्त्रपूर्ण ढंगबाट लागेका छन् । जसरी पनि आफ्नो शक्ति वृद्धि गर्ने– बाइ हुक अर बाइ क्रुक । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर, सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर, पार्टीका कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा तान्नका लागि न्वारानदेखिको बल लगाइरहेका छन्।’

सुझावित समाचार