मुगुमा करेन्ट लागेर युवकको मृत्यु

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

जिल्लाको सोरु गाउँपालिका- ६ सोरुकोटमा करेन्ट लागेर  एक युवकको मृत्यु भएको छ।

बिहीबार बिहान बिजुली बत्ती बनाउने क्रममा पोलमा चढेको वेला अचानक करेन्ट लागेर भुइँमा खसेपछि सोरु गाउँपालिका- ६ सोरुकोटका २८ वर्षीय खम्मा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

भुइँमा खस्दा अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ठिनी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
 

See More On

सुझावित समाचार