सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई पोखराको बन्जीमा छुट

बिहिबार, ६ बैशाख, २०८१
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरास्थित बन्जी नेपाल एड्भेन्चर प्रालिबीच बन्जी सेवामा छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन् ।

 सम्झौताअनुसार बैंकका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी नेपालमा बन्जी गर्दा एक हजार रुपैयाँ र जोडीले बन्जी गर्दा एक हजार पाँच सयसम्म छुट पाउने बैंकले जनाएको छ । यो सहकार्यबाट बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सुझावित समाचार