काठमाडौं/ ओरल केयर ब्रान्ड एन्करले इंग्ल्यान्डका क्रिकेटर तथा विश्वकप विजेता जोस बटलरलाई नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
कम्पनीले एन्कर कन्ज्युमर प्रोडक्ट्सअन्तर्गत नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले कम्पनीले बटलरसँग साझेदारी गरेको जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वसँग एन्कर ओरल केयरले गरेको यो पहिलो सहकार्य भएको बताइएको छ ।
साझेदारीअन्तर्गत बटलरले एन्करकी विद्यमान ब्रान्ड एम्बासडर तथा पूर्वमिस नेपाल सुभेक्षा खड्कासँग मिलेर ब्रान्ड प्रवद्र्धन गर्नेछन् । बटलरको अन्तर्राष्ट्रिय खेल प्रतिष्ठा र खड्काको स्थानीय प्रभावमार्फत नेपाली उपभोक्तामाझ ब्रान्डको पहुँच विस्तार हुने कम्पनीको विश्वास छ ।
एन्कर कन्ज्युमर प्रोडक्ट्सका निर्देशक करण शाहले ३० भन्दा बढी देशमा उपस्थिति रहेको एन्करका लागि नेपाल महत्वपूर्ण बजार भएको बताए ।