काठमाडौं/एनएमबि बैंक लिमिटेडले सिटिटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्यमार्फत एनएमबि बैंकले आफ्ना ग्राहकका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी (इएमआई) सुविधा उपलब्ध गराउने भएको छ ।
यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुपक्रेडिट) सुविधा प्राप्त गर्न सक्नेछन् ।
साथै, ग्राहकले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआर (क्युआर)मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (लुप इएमआई)मा रूपान्तरण गर्न सक्नेछन् ।