काठमाडौं/ एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित १० अक्टोबरदेखि सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
कम्पनीको अवधारणामा आधारित सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्डस् र निर्माण एनएफटिपी (नर्थ फ्रम दिस प्लानेट)ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा संगीत भिडियो एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।
पहिलो सिजनमा याबेस, एसटिम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौजना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक बनाउने कम्पनीले जानकारी दिएको छ ।