गोमा लाभ सापकोटालाई सांसदबाट हटाउन जनमतको पत्र

आइतबार, ४ चैत, २०८०
डिजिटल संस्करण

जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।

पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी गराउँदै दलसम्बन्धी ऐनअनुसार सांसद पद रिक्त भएको जानकारी सभामा सुनाउन माग गरेको हो।

‘जनमतबाट सांसद सापकोटाको पद रिक्त गरी सभामा सुनाउन अनुरोध गर्दै सभामुखलाई पत्र आएको छ,’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सभामुखज्यू अध्ययनमा हुनुहुन्छ। १५ दिनभित्र निर्णय लिने व्यवस्थाअनुसार छिट्टै निर्णय हुन्छ।’

जनमत पार्टीले २७ फागुनमा सभामुखलाई पत्र पठाएको हो। सापकोटा महोत्तरीबाट समानुपातिक प्रणालीबाट ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्।

सुझावित समाचार