एमएलएसमा मेसी नेतृत्वको मियामीको विजयी सुरुवात, सुआरेजले गरे डेब्यु

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण
एमएलएसमा मेसी नेतृत्वको मियामीको विजयी सुरुवात, सुआरेजले गरे डेब्यु

तस्बिर : एएफपी

अमेरिकन सकर लिग एमएलएसको नयाँ सिजनमा लियोनल मेसी नेतृत्वको इन्टर मियामीले विजयी सुरुवात गरेको छ । 

नेपाली समयअनुसार आज बिहान भएको खेलमार्फत बार्सिलोनास्थित मेसीका पूर्वसहकर्मी लुइस सुआरेजले डेब्यु गरे । खेलमा मेसी र सुआरेज दुवैले गोल नगरे पनि रियल साल्ट लेकविरुद्ध मियामीले २–० को जित आत्मसात् गर्याे । 

मियामीको जितमा रोबर्ट टेलरले ३९औँ र डिएगो गोमेजले ८३औँ मिनेटमा एक–एक गोल गरे । दुवै गोलमा मेसी र सुआरेजले असिष्ट गरेका थिए । जितसँगै मियामीले तीन अंक आर्जन गरेको छ । 

मेसी र सुआरेजसँगै बार्सिलोनाका पूर्वस्टारहरू सिर्जयो बुस्क्वेट, जोर्डी अल्वाको खेल हेर्न स्टेडियम भरिएको थियो । खेल अवधिभर यी सबै स्टार खेलाडीले मैदानमा उत्कृष्ट खेल पस्किए । 

सुझावित समाचार