नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नेपालले तेस्रो बलमै विकेट लिएको छ । बलर सोमपाल कामीले नेदरल्यान्ड्सका मिचल लेभितलाई देव खनालबाट क्याच गराएका हुन् । कीर्तिपुर मैदानमा नेपाल टस जितेर फिल्डिङ गरिरहेको छ ।
नेपाल र नेदरल्यान्ड्सबीच यो समग्रमा चौथो एकदिवसीय खेल हो । यसअघि दुई टोलीले चारपटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । नेदरल्यान्ड्सले दुई र नेपालले एकपटक जित निकालेका छन् ।
नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दा नेदरल्यान्ड्सविरुद्ध नै पहिलो सिरिज सन् २०१८ मा खेलेको थियो । पछिल्लोपटक यी दुई टोलीबीच जिम्बावेमा भएको विश्वकपको एकदिवसीय ग्लोबल छनोटमा प्रतिस्पर्धा भएको थियो ।