भारतमा किसान र्‍यालीमा प्रहरी हस्तक्षेप

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

भारतमा मंगलबारदेखि हजारौँ किसान र्यालीमा उत्रिएका छन् । किसान तिनका ट्याक्टर  र ट्रकका साथ देशको राजधानी नयाँदिल्लीतिर लागिरहेका छन् ।

प्रशासनले भने किसानको र्याली राजधानी प्रवेश गर्न विभिन्न अवरोध सिर्जना गरेको छ। सरकारी अधिकारीले किसानको र्यालीलाई रोक्नकै लागि राजधानीतर्फ जाने राजमार्गमा ब्यारिकेड, काँडेतार र अन्य भारी औजार राखेका छन् ।

पन्जाब–हरियाणा सीमाको शम्भु गाउँमा बिहीबार प्रदर्शनकारीले यस्तै ब्यारिकेड भत्काउने प्रयास गर्दा हरियाणा प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए। हरियाणा राजधानी नयाँदिल्लीसँग जोडिएको राज्य हो। यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार छ। अहिलेको किसान प्रदर्शन दुई वर्षपहिले नयाँदिल्लीको बाहिरी भेगमा भएको प्रदर्शनको निरन्तरता भएको बताइएको छ । 

See More On

सुझावित समाचार