सन् २०२३ को अन्त्यमा बेलायतको अर्थतन्त्रमा मन्दी

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

गत वर्षको अन्तिम त्रैमासमा बेलायतको अर्थतन्त्रमा मन्दी देखिएको छ।

आधिकारिक तथ्यांकले आर्थिक गतिविधिको मुख्य आधार मानिने कुल गार्हस्थ उत्पादन (जिडिपी) ०.३ प्रतिशतले गिरावट भएको देखाएको छ।

बिबिसीका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा पनि जिडिपीमा गिरावट भएको थियो।

बेलायतमा लगातार दुई त्रैमासमा जिडिपीमा गिरावट देखिनुलाई आर्थिक मन्दी मानिन्छ। यसले प्रधानमन्त्री ऋषि सुनकको आर्थिक वृद्धिको प्रतिबद्धतामा प्रश्न उब्जाएको छ।

समग्रमा गत वर्ष बेलायती अर्थतन्त्र ०.१ प्रतिशतले मात्रै बढेको छ। कोभिड प्रभावित वर्षहरूको गणना नगर्दा बेलायतको यो वार्षिक वृद्धिदर सन् २००९ यताकै कमजोर हो।

सुझावित समाचार