दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

दिल्ली प्रहरीले किसानको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

दिल्लीवरपरको अन्तर–राज्य सिमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ । सयौँ किसान यी प्रवेश र निकास विन्दुहरूमा  जाडोको सामना गर्दै सडकमा धर्नामा बसिरहेका देखिन्छन्।

किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य वृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन्।

उनीहरूले विभिन्न राज्यका करिब दुई सय किसान संघले आज दिल्लीमा विरोध प्रदर्शन गर्दै छन्। यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता पनि सुरु भएको बताइएको छ।

सुझावित समाचार