घरबाटो सिफारिसका लागि १५ लाख घुस लिने वडाध्यक्षविरुद्ध मुद्दा

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिने वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई गत ३ गते रंगेहात पक्राउ गरेको थियो।

घुससहित स्राेत नखुलेको १० हजार जापानिज यान,  एक सय अमेरिकी डलर, हुन्डाई कार र चालक पदमबहादुर प्रधानलाई समेतलाई भक्तपुरको मध्यपुर ठिमीबाट अख्तियारले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट वडाध्यक्ष बादेले घुस लिएको पुष्टि भएपछि अख्तियारले उनलाई घुस रकमलाई नै बिगो कायम गरेर मुद्दा दर्ता गरेको हो।
 

सुझावित समाचार