बाँसबारी जग्गा हिनामिनाको मुद्दा एक–दुई दिनमै बुझाउन सिआइबीलाई दबाब

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी हिनामिनासम्बन्धी मुद्दा तत्काल अनुसन्धान सकाएर बुझाउन सिआइबीमाथि दबाब परेको छ। यो हिनामिनाको अनुसन्धानका लागि चौधरी समूह व्यवसायी अरुण चौधरीसहित तीनजना पक्राउ परेका छन्।

‘गठबन्धन नै समस्यामा पर्ने भयो, आजै मुद्दा बुझाउनु भन्ने दबाब आएको छ,’ ‘सिआइबीका एक अधिकारी भन्छन्, ‘विस्तृत अनुसन्धान नगरी मुद्दा अदालत पुग्ने अवस्था सिर्जना भएको छ।’

०४३ सालमा छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहको च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो। सरकारी कम्पनीलाई झुक्याएर जग्गा हत्याएको निष्कर्षका आधारमा प्रहरीले चौधरीलगायतलाई पक्राउ गरी अनुसन्धान थालेको हो। तर, दबाबका कारण विस्तृत अनुसन्धान नहुने सम्भावना बढेको छ। सिआइबीले किर्ते र ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।

के हो जग्गा हिनामिनाको घटना ? 
सिजी ग्रुपका व्यवसायी अरुण चौधरीसहितले ०४३ मा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेका थिए । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो ।

त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द भयो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । जग्गा पास गरेपछि नियोजित रूपमा आफ्नो कम्पनी बन्द गरेर सरकारी जग्गा हत्याएको देखिएको सिआइबीको दाबी छ । 

सुझावित समाचार