एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीले केही नेताको जिम्मेवारी हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले केही नेताको जिम्मेवारी हेरफेर गरेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

जसअनुसार लुम्बिनी प्रदेशका अध्यक्ष सोम पाण्डेलाई रुपन्देही जिल्ला इन्चार्जको पनि जिम्मेवारी दिइएको छ। त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मालाई प्रदेश सहइन्चार्ज तथा कार्यवाहक अध्यक्ष श्रीनाथ बराललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ। 

बैठकले लुम्बिनी प्रदेश सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै सचिवमा अशोक कोइरालालाई चयन गरेको छ भने १४ र १५ माघमा बस्ने केन्द्रीय परिषद् सदस्यहरूको रिक्त स्थानमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको छ।

सुझावित समाचार