गृहमन्त्री श्रेष्ठले गरे सर्लाही जिल्ला कारागार उद्घाटन

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही जिल्ला कारागारको उद्घाटन गरेका छन्। आइतबार मन्त्री श्रेष्ठले रिबन काटेर कारागारको उद्घाटन गरेका हुन्। योसँगै सर्लाहीमा ११ वर्षपछि कारागार सञ्चालनमा आएको हो।

कार्यक्रममा संघीय सरकारका खानेपानीमन्त्री महेन्द्र राय यादव पनि सहभागी छन्। गृहमन्त्री श्रेष्ठ शनिबार साँझ सर्लाही आएका हुन्। उनले आइतबार बिहान आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग छलफल गरेका छन्। 
 

See More On

सुझावित समाचार