पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ। प्रहरीको गाडीनजिकै भएको विस्फोटमा पाँच प्रहरीसहित ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएका प्रहरीले जनाएको छ।
बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विस्फाेटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्फोट गरिएको बताइएको छ।
घटनालगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।