राष्ट्रिय सभाका लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन्।
तीन सिटका लागि कर्णालीमा एमालेले तीनैजना उम्मेदवार खडा गरेको छ। जसअन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन्।
उम्मेदवारी दर्ता गर्न जाँदा स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेशस्तरीय सबै नेताहरू निर्वाचनको कार्यालयमा पुगेका थिए।