इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण
इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु

फाइल तस्बिर ।

इजरायली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ। 

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौहको मृत्यु भएको हो। कारमा यात्रा गरिरहेको वेला इजरायलको आक्रमणमा परी उनीहरू मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन्। 

हम्जाका बुबा बाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख छन्। हम्जा हालैको एक आक्रमणमा परी घाइते भएका थिए। युद्धको सुरुवाती साताहरूमा एउटा छुट्टै इजरायली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएका थिए। 

थुरिया सन् २०१९ देखि एएफपीमा जोडिएका थिए। न्युयोर्कस्थित कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन्। तीमध्ये ७० प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी रहेका छन्। (रासस/एएफपी)

सुझावित समाचार