वीरका निर्देशक डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
 
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा उक्त आदेश जारी गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा. पौडेललाई १४ मंसिरमा पदबाट हटाउने निर्णय गरेको थियो। त्यसलगत्तै डा. पौडेलले १८ मंसिरमा रिट दायर गरेका थिए।
 

सुझावित समाचार