३ प्रश्न

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

कुनै समय मधेशको बलियो शक्ति लोसपा अहिले चार सिटमा खुम्चिएको छ । तर, फेरि     पार्टीभित्र खटपट सुरु भइसकेको छ । के फुटको स्थितिमा आइपुगेको हो ?
फुटको स्थितिमै पुगिसकेको अवस्था त होइन । यद्यपि वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समितिको बैठक बहिष्कार गर्दा त्यस्तो लाग्न गयो । तर, बहिष्कारको कारण केन्द्रीय समिति विस्तार गर्दा भएको अन्याय नै हो । केन्द्रीय समिति विस्तार गर्दा जसपाबाट फर्किएका केन्द्रीय समितिका साथीलाई यथावत् राख्ने र एकतिहाइ महिला पुर्याउने सहमति थियो । तर, जसपा छाडेर आएका साथीलाई नै हटाएर समिति विस्तार गरेपछि यो स्थिति आइपुगेको हो । पदाधिकारी संरचना पनि यसरी बनाइयो कि पदाधिकारी शब्दबाट नै घृणा लाग्न थाल्यो । पदाधिकारी बैठकमा वरिष्ठ नेता महतोले यी विषय उठाउँदा अध्यक्षज्यूले छुटेका साथीलाई समेट्ने भन्नुभएको थियो । तर, नसमेटी बैठक बोलाएपछि बहिष्कार गर्नुभएको हो । 

छुटेका ‘साथीहरू’लाई केन्द्रीय समितिमा नल्याएसम्म पार्टी यही लफडामै अल्झिने हो ?
वरिष्ठ नेता महतोज्यूले छुटेका साथीलाई नसमेटेसम्म बैठक बहिष्कार गर्ने घोषणा नै गर्नुभएको छ । यो राजनीतिक लाइन हो । यसलाई अध्यक्षज्यूले तत्काल सम्बोधन गर्नुपर्छ भनेर मैले बैठकमै पनि उठाएको छु । 

नयाँ शक्तिहरूले चुनौती दिएको र ‘मिसन ८४’ मा केन्द्रित भएको अवस्थामा तपाईंहरू  पद बाँडफाँटकै विवादमा अल्झिनुभएको छ । यसरी आगामी निर्वाचनसम्म लोसपा कहाँ पुग्ला ? 
पहिलो त मिसन ८४ आफैँमा गलत भाष्य हो । चार वर्ष केही गर्न नपरोस् र जनतालाई जवाफ दिन नपरोस् भनेर जनता ठग्ने भाष्य निर्माण गर्न खोजिँदै छ । संघीयताका लागि लडेका पार्टी हाैँ हामी । ०७२ सालमा गरेको लामो मधेश आन्दोलन त्यागेर आएको आठ वर्ष पुग्दा पनि राज्यले हाम्रो माग र मुद्दा सम्बोधन गरेको छैन । गत निर्वाचनमा मधेशमा हामी कमजोर भयौँ होला, तर हाम्रो मुद्दा कमजोर भएको छैन । अहिले उत्पन्न खटपटलाई पनि पार्टी बलियो बनाउने खटपटका रूपमा लिनुपर्छ । यसले पार्टीको स्वास्थ्यस्थितिलाई ठीक गर्छ । 

सुझावित समाचार