बाराकी मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन्।

बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन्।

२० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले जानकारी दिइन्।

उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा. यादवले एक छोरा १.८ केजीको, छोरी १.८ केजीको र अर्को छोरा १.५ केजी वजनको रहेको बताइन्।

शल्यक्रियामार्फत बच्चा जन्माएकी आमा र बच्चा सबैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. यादवले बताइन्।

सुझावित समाचार