रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन बरामद, तीनजना पक्राउ

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई थानकोटबाट पक्राउ गरेको हो । पक्राउ पर्ने तीनैजना रसुवाका हुन् । 

रसुवाबाट सुन बोकेर काठमाडौं भित्रँदै गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार