परराष्ट्रसचिवको अवकाश, निमित्तमा लम्साल

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

परराष्ट्रसचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ ।

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्रसचिवको जिम्मेवारी पाएकी छिन् ।  सरकारले उनलाई  सचिव नियुक्त गर्ने सम्भावना छ । 

सुझावित समाचार