अनेरास्ववियुको बागमती अध्यक्षमा बुढाथोकी

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

बुढाथोकीको नेतृत्वमा नाै पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कमिटी गठन

एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बागमती प्रदेश कमिटी अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन् । 

शनिबार हेटौँडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हालका अध्यक्ष एवं अर्का अध्यक्षका दाबेदार शालिकराम पुडासैनीले अन्ततः बुढाथोकीलाई सघाउने निर्णय गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

अधिवेशनले बुढाथोकीको नेतृत्वमा नाै पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कमिटी गठन  गरेको छ । कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी रहेका छन् । 

यस्तै, सचिवमा प्रकाश कालाखेती, सहसचिवमा प्रशान्तजंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सुझावित समाचार