नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत अहिले जारी खेलमा पोखरा थन्डर्सले एफसी चितवनविरुद्ध १–० ले अग्रता लिएकाे छ।
दशरथ रंगशालामा पोखराका मोसेस ग्याबाह उमले ७१औँ मिनेटमा गोल गरी टिमलाई १–० ले अग्रता दिलाएका हुन्। पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक रूपमा जारी छ।
शुक्रबार उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको थियो।