काठमाडौं/ पूर्वकप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक बनाएका छन्।
आइतबार ओमानस्थित अल अमिरातमा क्यानडाविरुद्ध रोहितले १२५ बलमा शतक बनाएका हुन्। रोहितले ८ चौका र १ छक्का प्रहार गरे।
रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो। एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एक मात्र नेपाली क्रिकेटर बनेका छन्।