अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्पपीडितलाई

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।

शुक्रबार ११ः४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ।

अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन्।

सुझावित समाचार