गाजामा अस्थायी युद्धविराम, इजरायलद्वारा अस्वीकार

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ। 

यद्यपि, उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजरायली सेनाले वाचा गरेको छ। 

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्री प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो। 

तर, नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ। 

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहहरू इजिप्टतिरबाट पर्खिरहेका छन्, तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन्।  

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिनमा आक्रमण गर्न चिह्न लगाइएको दुईवटा सडकमा हमला नगर्ने बताएको थियो। रासस 
 

सुझावित समाचार