राष्ट्रिय सभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेसनल को अपरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल–तिब्बत सम्बन्धका साथै   हालसालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौता र बिआरआई परियोजनालगायतका विषयमा कुराकानी भएको उपाध्यक्ष अर्यालले बताएकी छिन् ।  उनले भनिन् , ‘हामीले नेपालीको तर्फबाट धेरै विषयमा कुरा राखेका छौँ, परराष्ट्रमन्त्रीको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ । तर, उपलब्धिको विषयमा उनीहरूको प्रतिक्रिया कुर्नुपर्ने हुन्छ ।’

यसबाहेक कार्यक्रममा उपाध्यक्ष अर्यालले  स्पिचनोटमा चीन र नेपालको उच्चस्तरीय भ्रमणका उपलब्धिका साथै कोभिडको समयमा चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् । 

नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहितको उपस्थिति रहेको थियो।

सुझावित समाचार