जितका लागि २१ बलमा ५२ रन आवश्यक
१९औँ एसियन खेलकुद प्रतियोगितामा नेपालले भारतविरुद्धको क्वार्टरफाइनलमा नेपालले आठाैँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । यसअघि दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा एक सय ५० रन जोडेको थियो । नेपालले १३.१ ओभरमा सय रन बटुलेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ सेखले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । भुर्तेलले २८ रन, आसिफले १० रन जोडे ।
कुशल मल्लले २२ बलमा २९ रन, दीपेन्द्रसिंह ऐरीले १५ बलमा ३२ रन जोडे । यसैगरी, सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौका प्रहार गरी २९ रन बनाए । नेपालले आठौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । नेपालले १७.२ ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन जोडेको छ । नेपाललाई १६ बलमा ४६ रन आवश्यक छ ।