हिजोआज बच्चाहरू अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिएका हुन्छन् । उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत मोबाइलमा खेल्छन् । यस्ता बच्चाका अभिभावकले उनीहरूलाई खुला मैदानमा दौडन प्रेरित गर्नुपर्छ । किनकि, शारीरिक गतिविधिमा संलग्न हुँदा उनीहरू स्मार्ट बन्छन् । मुड फ्रेस रहन्छ ।
- प्रकृतिसँग समय गुजार्दा बच्चाहरू फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् । खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ ।
- उनीहरूले फुटबल, क्रिकेट, एथलेटिक्सलगायत नयाँ–नयाँ खेल खेल्न सिक्छन् र नयाँ–नयाँ साथी बनाउँछन् ।
- प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ, जसले हड्डी बलियो बनाउँछ । हृदयरोग र मधुमेहको जोखिम कम हुन्छ ।
- मोबाइलमा झुम्मिँदा आँखाको ज्योति कमजोर हुने खतरा देखिन्छ । बाहिर खेल्न निस्कँदा यो समस्याबाट बच्न सकिन्छ ।
- बाहिर खेल्न निस्किएपछि अनिद्राको समस्या हटेर जानेछ । शारीरिक गतिविधिका कारण बच्चालाई मिठो निद्रा लाग्छ ।
- विभिन्न क्रियाकलाप गरेर परिवारका सदस्य घुलमिल हुने वातावरण बनाउनुपर्छ । बिदाको समय आफ्नो परिवारसँग हिँड्ने, स्विमिङ जानेलगायत गर्न सकिन्छ । यसले तपाईंको बच्चालाई एक्टिभ राख्छ । त्यस्तै, उसको स्वास्थ्य पनि राम्रो हुन्छ ।