नासाको ‘स्पेस एक्स क्रु सिक्स’ पृथ्वीमा फर्कियो

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकी राष्ट्रिय एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले सोमबार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रु ६ अन्तरिक्षयात्रीहरूसहित सुरक्षित अवतरण भएको छ। 

नासाका अन्तरिक्षयात्री स्टिफन बोवेन र वुडी होवर्ग, युएईका अन्तरिक्षयात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्षयात्री एन्ड्रे फेडियाएभसहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो। 

अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आएसएस) बाट आइतबार पूर्वी समय (११०५ आइतबार जिएमटी) बिहान ७ बजेर ५ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेको हो। यो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

See More On

सुझावित समाचार