सम्हालिएर खेल्दै पाकिस्तान, सोमपाल र करणको कसिलो बलिङ

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कप २०२३ को उद्घाटन म्याचमा अहिले नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा जारी म्याचमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। पाकिस्तानको तर्फबाट फकर जमान र इमाम उल हक क्रिजमा छन्। 

पहिलो पाँच ओभरमा पाकिस्तानले कुनै विकेट नगुमाई २१ रन बनाएको छ। फकर तीन चौकाको सहयोगमा १८ बलमा १४ था इमाम १३ बलमा पाँच रन बनाई क्रिजमा छन्। 

नेपालले पाँचौँ ओभरको अन्तिम बलमा इमामको विकेट लिने अवसर गुमाएको छ। सोमपालको बलमा इमामले गरेको प्रहार हावामा रहेका वेला आसिफ खानले क्याच मिस गरेका हुन्।

सुझावित समाचार