लमजुङ र तनहुँको सिमानामा पाउँदी खोलाले बगाउँदा १० वर्षीय बालकको ज्यान गएको छ। पौडी खेल्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका- ६, ऐँसेलुचौरका समर्पण परियारलाई खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको पौडी खेल्ने क्रममा पाउँदी खोलाले बगाएर मृत्यु भएको हो ।
सुन्दरबजार नगरपालिका- ६ आदर्श प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालक र अर्को एकजना साथी पौडी खेल्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो पौने २ बजेतिर बालकलाई खोलाले बगाएको र मृत अवस्थामा भेटिएको हो। पौडी खेलेको ठाउँबाट बालकलाई करिब ४ सय मिटर तल खोलाले बगाएर लगेको अवस्थामा शव भेटिएको थियो।
खोलाले बगाएको उनको शव सुन्दरबजार नगरपालिका- ६ र तनहुँको भानु नगरपालिका- ११, मानेचौका जोड्ने पुलनजिकै तनहुँतर्फ भेटिएको प्रहरीले जनाएको छ।