नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

महिला टी–२० सिरिज

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो। नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलवासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिए । अरू खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्। 

जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनलनजिक पुगेको छ। 

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। यस्तै, मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो। 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–२० सिरिज खेलिरहेका छन्। यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ। 

सुझावित समाचार