इटलीको सार्वजनिक ऋणमा नयाँ रेकर्ड कायम

शुक्रबार, १ भदौ, २०८०
डिजिटल संस्करण

बैंक अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ।

बुधबार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटलीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो। 

गत महिनाको तुलनामा यो २७.८ बिलियन युरोले बढेको हो। सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो। तर, यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ। 

ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो। गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ। इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो। 

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।] 
 

सुझावित समाचार