सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइबाट १६ लाख २५ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

सुझावित समाचार