ओभरडोजको औषधिले बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेनन्

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

उपचारका क्रममा भरतपुरको चितवन मेडिकल अफ साइन्सेस (पुरानो मेडिकल) मा बिरामीको मृत्यु भएपछि तनाव सुरु भएको छ । खैरहनी नगरपालिका–  १० बड्गाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको बिहीबार साँझ उपचारका क्रममा  मृत्यु भएको थियो ।

मंगलबार ज्वरोसँगै पिसाबमा समस्या भएपछि भर्ना भएकी उप्रेतीको ओभरडोज इन्जेक्सन दिएर मृत्यु भएको मृतकको परिवारको आरोप छ। अस्पतालको लापरबाहीका कारण  हाइडाेजको एन्टिबायोटिकको कारण मृत्यु भएको भन्दै परिवारले शव बुझेको छैन ।

मृत्युको विषयमा अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको छ ।

सुझावित समाचार