प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमानमाथि आघात पुर्याएको भन्दै राजीनामाको माग गरेको हो।
प्रधानमन्त्री दाहालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएपछि सो अभिव्यक्तिको विरोधमा एमालेलगायतका प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको छ।
संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए। उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक अगाडि बढाउन नदिने बताए।