दोहोरियो समस्या, राम्रो सुरुवातपछि लगातार विकेट गुमाउँदै नेपाल

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले लगातार उही गल्ती दोहोर्याइरहेको छ।

राम्रो सुरुवात गरिसकेपछि पनि विकेटमा आफूलाई ढाल्दै इनिङ अगाडि बढाउनुपर्नेमा अनावश्यक सट प्रहार गर्दै विकेट गुमाउने समस्या आयरल्यान्डसँगको आजको खेलमा पनि देखिएको छ।

ताजा अवस्थामा नेपालले सात विकेट गुमाइसकेको छ। कुशल मल्ल ४४, भीम सार्की २० र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भएसँगै नेपाल धराशयी बनेको हो। 

अहिले ३९ ओभरमा नेपालले सात विकेट गुमाएर एक सय ७५ रन बनाएको छ। क्रिजमा गुल्सन झा र सन्दीप लामिछाने छन्।
 

सुझावित समाचार