लमजुङमा झाडापखालाले ६ वर्षीय बालकको मृत्यु

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

लमजुङमा झाडापखालाले एक बालकको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दीप विकको झाडापखालाबाट मृत्यु भएको हो। 

बालकलाई सोमबारदेखि झाडापखाला लागेको आमा सीमा विकले जानकारी दिइन्। बिरामी बालकलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन्।  

सीमाले रुँदै भनिन्, ‘बाबू हिजोदेखि झाडापखलाले बिरामी थियो। घरमा जीवनजल थिएन, खुवाउन पाइएन। बिहान औषधि गर्न ल्याउँदै थियाैँ। काखैमा बित्यो।’

See More On

सुझावित समाचार