ललितानिवास जग्गा अपचलन प्रकरणमा प्रहरीले थप तीन अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्ने शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये महर्जन नक्कली मोही हुन्। भट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडासचिव हुन् भने कार्की नापी कार्यालयका अधिकृत हुन्।
सिआइबीका एसएसपी दिनेश आचार्यले घटनासँग सम्बन्धित थप तीन अभियुक्त पक्राउ परेको बताए। उनले भने, ‘ललितानिवास जग्गा प्रकरणसँग जोडिएका थप तीन अभियुक्त पक्राउ परेका छन्। उनीहरूविरुद्ध अनुसन्धान प्रक्रिया सुरु भएको छ।’