नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक र एक लेखापढी व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविषेक कार्कीविरुद्ध आइतबार विशेषमा मुद्दा दायर गरेको हो। जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई एक लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो।

सुझावित समाचार