राष्ट्रिय सभा सदस्यलाई सरकारले उपेक्षा गरेको छ : उपाध्यक्ष अर्याल

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरूलाई सरकारले उपेक्षा गरेको बताएकी छिन्।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभाका सांसदहरूलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाँच करोड दिने निर्णय बजेटबाट गरेको भए पनि राष्ट्रिय सभा सदस्यहरूलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन्। 

उनले राष्ट्रिय सभा सदस्यहरू प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रिय सभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्नेमा उनले जोड दिइन्।

उनले विभेदपूर्ण कामलाई संसदीय समिति बसेर छलफल गरी निष्कर्षमा पुर्याउनुपर्ने बताइन्। उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताइन्। 

सुझावित समाचार