नेपाल राष्ट्र बैंकबाट इजाजत–अनुमतिप्राप्त संस्थाले आफ्नो साइनबोर्डमा ‘नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमतिप्राप्त संस्था’ भनेर लेखेको हुन्छ । यसका साथै यस बैंकबाट इजाजत/अनुमतिप्राप्त संस्थाहरूको सूची राष्ट्र बैंकको वेबसाइटमा समेत राखिएको हुन्छ ।
तर, सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दैन र यस्ता संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षणसमेत गर्दैन । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था खासगरी वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू गरी चार प्रकारका छन् ।
यी संस्थाहरूलाई क्रमशः ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको रूपमा समेत वर्गीकरण गरेको छ । यीबाहेक पूर्वाधार विकास बैंक र हायर पर्चेज कम्पनीहरू पनि राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्था हुन् ।
– नेपाल राष्ट्र बैँक