पहिरोले घर बगाउँदा ओखलढुंगामा श्रीमान् श्रीमतीको ज्यान गयो, छोराछोरी बेपत्ता

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

ओखलढुंगामा अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ भने दुईजना बेपत्ता भएका छन् । बिहीबार राति चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया गुरुङको ज्यान गएको हो ।

गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरोमा परी बेपत्ता भएका छिन् । बेपत्ता भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

गएराति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङकाे घरसँगै अन्य तीन घर पनि बगाएको छ । अन्यले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयको भनाइ छ । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन् ।

See More On

सुझावित समाचार